Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इजरायलका नाममा तपाईं पनि ठगिनु होला है

काठमाडौं। आकर्षक वैदेशिक रोजगारीका नाममा नेपाली युवामाथि ठगीका श्रृङ्खला पुरानै समस्या हो । आकर्षक रोजगार गन्तव्यको आश्वासन दिएर ठगहरु बजारमा जहिलेसुकै सलबलाईरहेका हुन्छन् । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको बेला फेरि ठगहरुले नेपाली युवासँग लाखौं असुल्न थालेका छन् । इजरायलमा एक हजारलाई रोजगारी खुलेको एक हप्तामै विभिन्न प्रलोभन देखाएर हुने ठगी धन्दासमेत सुरु भएको हो । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि ठगी धन्दा सुरु भएको प्रष्ट भएको छ । आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोबाट अनुमान लगाउन सकिन्छ । उक्त अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनधिकृत समूहको लहैलहमा नलाग्न अनुरोध समेत गरेको छ । नीजि क्षेत्रसंग कुनै सम्झौता नभएको र इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत विभागको आग्रह छ । विभागद्वारा जारी विज्ञप्तिमा इजरायलमा केयरगिभर छनोट गरी पठाउन सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारेको र भ्रम फैलाएकोबारे विभागको ध्यानाकर्षण भएको उल्लेख छ। पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सीलगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे विभागले विज्ञप्तिमार्फत सचेत गराएको हो । कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुने विभागले प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल