Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इजरायलद्वारा झण्डै दुई सयको ज्यान जाने गरी दक्षिणी गाजामा भीषण आक्रमण

एजेन्सी । अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ। खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन्। गाजाका पूर्वी शहरहरुमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन्। पूर्वी गाजाका नागरिकहरुलाई दक्षिणतर्फ जान भनिएको छ। गाजाका पूर्वी शहरहरुमा हमासका नेताहरु लुकेर बसेको आशंका इजरायलको छ । सो क्षेत्रमा दक्षिणी गाजा छोडेर आएका कयौं सर्वसाधारण बसोबास गरिरहेका छन्। गाजामा हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो आक्रमणमा परी १ सय ९३ जनाको मृत्यु भएको छ। एक साता लामो अस्थायी युद्धविराम सकिए लगत्तै शुक्रबारबाट इजरायलले पुनः जवाफी कारवाही शुरु गरेको छ। गत अक्टोबर ७ हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने २ सय ४० जनालाई बन्धक बनाइएको छ। इजरायलले गरेको जवाफी कारवाहीका क्रममा हालसम्म गाजामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएका छन्। मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन्।


सम्बन्धित समाचार