Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ ।
इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ ।
इजरायलमा यसै वर्ष इरानले गरेको यो दोस्रो आक्रमण हो । गत अप्रिलमा भएको पहिलो आक्रमणभन्दा यो आक्रमण ठूलो हो । बीबीसीका अनुसार गत अप्रिलमा इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलले आक्रमण गरेको थियो ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जारी गरेको विज्ञप्ति अनुसार आफ्ना एक शीर्ष कमाण्डर मारिएको प्रतिरोध स्वरुप इजरायलमा आक्रमण गरिएको हो ।
इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।
इरानको आक्रमणको इजरायलका सहयोगी देशहरुले आलोचना गरेका छन् । फ्रान्स, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडाका लगायत देशहरुले इरानको आलोचना गरेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल