Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि मन्त्रालयले ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै घाइतेको तथ्यांक पुष्टि गरे पनि उनीहरुको विवरण भने खुलाएको छैन। मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ । इजरायलस्थित नेपाली राजदूतावासले युद्ध चलिरहेको क्षेत्रका नेपालीलाई सुरक्षित स्थानमा रहन र अप्ठ्यारोमा परेकाहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ। यस्तै एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायली सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्य जारी रहेको र अप्ठ्यारोमा परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन्। शनिबार बिहान हमासले गरेको रकेट आक्रमणमा अहिलेसम्म ४० इजरायलीको मृत्यु भएको बताइएको छ। उक्त आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका छन्।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल