Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इटलीबाट वाइडबडी फर्कियो, जापान उडानलाई निरन्तरता दिने

२७ भदौ, काठमाडौं । २२ जुनमा सीचेक हवाईजहाजको प्राविधिक जाँच का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए।एल।वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् ।

यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज के एल वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।


सम्बन्धित समाचार

कसले घेर्यो दुई तिहाईलाई

२०८१ आश्विन १

ताजा नेपाल

धनराजको फूर्ति मितेरीले खोस्यो

२०८१ आश्विन १

ताजा नेपाल

पत्रकारको चुनाव हुनेमा शंका

२०८१ आश्विन १

ताजा नेपाल