Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इण्डियन आइडल पवनदीपको कार दुर्घटना

सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् ।

उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि उनीहरु तिनै जनालाई उपचारका लागि दिल्ली लगिएको थियो ।

उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीप राजनले इण्डियन आइडल सिजन १२ को उपाधि जितेका थिए । केही वर्षअघि उनले काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

पवनदीपका बुवा सुरेश राजनले पत्रकारहरुलाई दिएको जानकारी अनुसार उनी आमालाई उत्तराखण्डस्थित घरमा छाडेर दिल्ली फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । उनका साथमा उनको ड्राइभर राहुल सिंह र साथी अजय मेहरा थिए ।

राजन ड्राइभरको छेउँको सिटमा बसेका थिए भने उनका साथी अजय पछाडिको सिटमा थिए । गाडी चलाउने बेला ड्राइभर निदाएकाले कार अनियन्त्रित हुँदै अर्को गाडीमा ठोक्किएको थियो ।

दुर्घटनाका कारण पवनदीपका हात र खुट्टा फ्याक्चर भएको उनका बुवाले बताएका छन् । पवनदीपलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।