Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इनरुवामा प्रभु बैङ्कको शाखा

सुनसरी । प्रभु बैङ्कले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं. १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ । प्रभु बैङ्कले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ४० वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैङ्किङ सेवामार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल