Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्फ्रास्टक्चर आइपिओ कसलाई कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ १६ गते बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।
यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर पाउनेहरु पनि छन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको थियो । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो ।