Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्भेष्टमेन्ट बैंकको २ अर्बको ऋणपत्र

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे १० प्रतिशत ब्याज दिने गरी जेठ २४ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ । बैंकले प्रत्येक ६÷६ महिनामा ब्याजको भुक्तानी गर्ने छ । ऋणपत्र निष्काशनका लागि बैंकले गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने ‘इक्रा एनपि एलए प्लस’ प्राप्त गरेको छ । बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले यसअघि पनि ७५ करोड रुपैयाँको एनआइबि बण्ड २०७८ र ५० करोड रुपैयाँको एनआइबि बण्ड २०७६ निष्काशन गरेको थियो ।