Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इमर्जेन्सीले पनि बचाएन संक्रमित

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।

उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिएका छन् । २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले आज मात्र जानकारीमा आएको डा. गौतमले बताए ।

अस्पतालमा शब व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ – डा. गौतमले भने–संक्रमित र मृत्यु दर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो । सूचना प्रविधि क्षेत्रको छुट्टै जनशक्ति नहुँदा विरामीको उपचारमा खटिनुपर्ने चिकित्सकले नै त्यो जिम्मेवारी निभाउनुपर्दा निकै अप्ठेरो भएको उनले गुनासो गरेका छन् ।


सम्बन्धित समाचार