Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इमाडोलमा आमाले गरिन् छतबाट हाम फालेर आत्महत्या, कोठाभित्र दुई बच्चा मृत भेटिए

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा महिला र दुई बच्चाको मृत्यु भएको छ । ३६ वर्षीया रविना महर्जनले शनिबार दिँउसो ४ तले घरको छतबाट हामफालेर आत्महत्या प्रयास गरेकी थिइन् । छतबाट हामफालेर गम्भीर घाइते भएकी महर्जनलाई उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा बच्चाको ज्यान गएको हो । साढे पाँच बजे रविनाका ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन मृत्यु भएको छ । श्रीमान बिहानैदेखि घरमा नभएको र सुसाइट नोट समेत फेला नपरेकाले कारण खुल्न नसकेको एसपी कार्कीले बताए । उनका अनुसार दुई बच्चाको मुख थुनेको अवस्थामा फेला परेका थिए । रविना सासु श्रीमान र दुई बच्चासँग बस्दै आएकी थिइन् । घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।


सम्बन्धित समाचार