Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत

काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको अभियोगमा बालिकाको घर छेऊ बस्ने ४२ वर्षका हर्कबहादुर विक पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी किरण बज्राचार्यले बताइन् । प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई समातेर अनुसन्धान थालिएको थियो ।
विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षणसमेत भइसकेको छ ।


सम्बन्धित समाचार