Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विभागले गएको मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । यस विषयमा महानिर्देशक घिमिरे भन्छन्, ‘‘एकै पटक नयाँ, पुराना सबै किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने भएकाले चरणवद्ध रुपमा अनिवार्य गरिरहेको छौँ । अब माघदेखि नवीकरण गर्ने सवारीमा पनि इबोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछौँ ।”
विभागले माघ पहिलो सातादेखि नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको जनाएको छ । महानिर्देशक घिमिरेका अनुसार अब छिट्टै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनेछ ।
विभागको तथ्यांक अनुसार हाल नेपालमा ३५ लाख ३९ हजार ५१८ सवारीसाधन रहेका छन् ।
‘‘हाल नयाँ दर्ता भएका सवारी साधनहरुमा धमाधम इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ । अब यसलाई वृहदरुपमा कार्यान्वयन गर्न माघदेखि नवीकरण गर्ने सवारी साधनमा पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछौँ,” उनले भने ।
महानिर्देशक घिमिरेका अनुसार एकवर्ष समयावधिमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य छ ।
विभागले पुराना सवारी साधनको हकमा फागुन १ गतेदेखि नामसारी गर्ने गर्ने सवारी साधनमा पनि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी गरेको छ ।
महानिर्देशक घिमिरेका अनुसार नामसारी गर्ने सवारीले फागुन अगाडि नै इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि पाउँछन् । सवारी धनीले इम्बोस्ड नम्बर प्लेटको दस्तुर बुझाए अगाडि नै नम्बर प्लेट जडान गर्न पाउँछन् ।
इम्बोस्ड नम्बर प्लेटको स्क्यानरमा चालकको सम्पूर्ण विवरण दिइएको हुन्छ । उक्त विवरण विभागको सर्भरमा सेट गरिएको हुन्छ । यसले सवारी साधन चोरी हुँदा सजिलै पत्ता लगाउन सकिन्छ ।
सवारी साधनको कर तिर्न नमान्ने चालकलाई कर तिर्ने दायरामा ल्याउने काममा पनि सहजीकरण हुन्छ । विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने खर्च सवारी साधन पिच्छे फरकफरक तोकेको छ ।
मोटरसाइकल र स्कुटरका लागि साढे दुईहजार, तीन पाङ्ग्रे सवारीलाई २ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
चार पाङ्ग्रेका तीनहजार २०० रुपैयाँ र ठूला सवारीसाधनका लागि तीनहजार ६०० रुपैयाँ तोकिएको छ । सार्वजनिक सवारीमा पेहेँलो र निजी सवारीमा सेतो अक्षरले लेखिएको नम्बरप्लेट जडान भइरहेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल