Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानलाई साथ दिदै चीन

काठमाडौं । कम्युनिस्ट मुलुक चीनले इजरायलको यहुदी शासकले इस्लामिक मुलुक इरानमाथि गरेको शुरु आक्रमणको निन्दा गर्दै यसलाई पाशविक हमला भनेको छ ।

चिनियाँ विदेश मन्त्री तथा कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ यीले इजरायली समकक्षी गिडेन सारसँग टेलिफोन संवादका क्रममा बेइजिङ इजरायलले अन्तर्राष्ट्रिय कानूनविपरीत गरेको हिंसात्मक आक्रमणको विपक्षमा रहेका प्रष्ट पारेका छन् ।

उनले इरानको आणविक मुद्दाको अन्तर्राष्ट्रिय राजनीतिक समाधान खोजिएका बेला भएको आक्रमण अस्वीकार्य रहेको भन्दै शक्तिको प्रयोगले शान्ति स्थापना नहुने बताएका छन् ।

चिनिया विदेशमन्त्रीले इरानी समकक्षी अब्बास अराग्चीसँग पनि टेलिफोन वार्ता गरेका छन् । उनले इरानको सार्वभौमिकतामाथि इजरायलको हिंसाको निन्दा गर्दै इरानी अधिकारीहरूलाई लक्षित गरेर भएको अमानवीय आक्रमण भनेका छन् ।

वाङले इरानको सार्वभौमिकता रक्षाको लडाइनमा चीनको समर्थन रहेको भन्दै इरानको परमाणु क्षेत्रमा गरिएको हमलाको निन्दा गरेका छन् ।