Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

इरानबाट गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा इजरायलमा कम्तीमा ४७ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था मध्यम रहेको इजरायली आपत्कालीन उद्धार सेवाले जनाएको छ।

क्षेप्यास्त्र आक्रमणको त्रासमा आश्रयस्थलतर्फ दौडिँदा थप १८ जना घाइते भएका छन्। दक्षिण इजरायलको बेर्सेभा सहरस्थित सोरोका अस्पतालको परिसर पनि आक्रमणबाट प्रभावित भएको जनाइएको छ। प्रारम्भिक विवरण अनुसार, अस्पतालले क्षेप्यास्त्रको प्रत्यक्ष प्रहार नभए पनि विस्फोटको तरङले क्षति व्यहोरेको छ।

इजरायली सैनिक अधिकारीका अनुसार नागरिक क्षेत्रका थप तीन स्थानमा समेत क्षेप्यास्त्र खसेका छन्। उद्धार टोलीहरू ती स्थानतर्फ खटिइरहेका छन्।

इजरायली सेनाका अनुसार यो आक्रमणमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएका थिए, जसका कारण देशभर साइरन बजाइएको थियो। तेल अभिव र यरुशलेममा पनि शक्तिशाली विस्फोटको आवाज सुनिएको पुष्टि भएको छ।

इरानी सरकारी सञ्चार संस्था आईआरएनएका अनुसार, आक्रमणको मुख्य लक्ष्य बेर्सेभास्थित सोरोका अस्पताल नजिकै रहेको इजरायली रक्षा बल आईडीएफ को कमाण्ड र गुप्तचर शाखा र गाभ(याम प्रविधि पार्कमा रहेको सैन्य गुप्तचर शिविर थियो।

गाभ(याम नेगेभ प्रविधि पार्कको वेबसाइटमा उक्त स्थान बेन गुरियन विश्वविद्यालय र आईडीएफको शाखा क्याम्पसको छेउमा रहेको उल्लेख छ। इजरायली मिडियाले यसअघि नै त्यहाँ आईडीएफको नयाँ क्याम्पस निर्माण भइरहेको उल्लेख गरेका थिए।

इरानले सैन्य पूर्वाधारलाई सटीक रूपमा लक्षित गरिएको दाबी गरे पनि यस आक्रमणले नागरिक क्षेत्रमा समेत असर पुर्‍याएको देखिएको छ।
बीबीसीरअलजजिरा


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल