Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इलामको पराजयले काठमाडौंमा पहिरो

  • प्रहरी भत्काउँदै रास्वपाको ओरालो यात्रा

काठमाडौं । पूर्वको इलाम हाम्रै हो, सहकारीको ठगी थाहा छैन भन्दै रमेश प्रसाईले गीत गाएको भए पुरानो दल विरुद्धको पाँडे गाली सार्थक बन्न सक्थ्यो । आफू उपप्रम तथा गृहमन्त्री भएर कानुनको ख्याल नगर्ने रवि लामछिानेकै मुल कारण सहकारी ठगीले चर्चा पायो । सूर्यदर्शन सहकारी, सहारा बचत तथा ऋण सहकारी र शाही बचत तथा ऋण सहकारीको ठगीले रास्वपाको पार्टी संगठन पहिरिँदै छन् । काठमाडौं क्षेत्र नं. ९ र १० का नेताहरूले रास्वपा परित्याग गरेका छन् । इलाममा रास्वपाले जित्छ, ठूला दल काँग्रेस, एमाले पल्टिन्छन् भन्दै गफ चुटेर पैसा झारेका गृहमन्त्री पत्नीले शाही बचत सहकारीबाट लिएको ऋण नतिरेपछि काठमाडौंमा रास्वपाको घण्टीप्रतिको विश्वास गुमेको हो । तर प्रहरी आईजीपी बसन्तबहादुर कुँवर रास्वपाबाट मिसन ०८४ मा अर्घाखाँचीबाट उम्मेदवार हुने हल्ला चलाइँदैछ । रास्वपाका रविको नक्कली नागरिकता, नक्कली पासपोर्टबाट पनि राम्रै बदनामी भयो । कानुन विपरितको व्यवहार गर्ने कानुनको घेराबाट बच्न प्रहरीका आईजीपीलाई प्रवक्ता बनाउने रवि लामिछाने यो गठबन्धन जोगिँदासम्म एमाले अध्यक्षको आडमा जोगिए पनि गठबन्धन भत्कनासाथ कानुनी परिबन्धमा पर्ने छन् । लाखौं जनताको अरवौं कुम्ल्याएको भए पनि एमाले अध्यक्ष केपीले आफ्नो राजनीतिक कौशल पूरा गर्न देशको संविधान र कानुनको उल्लंघन गर्न र गराउन सफल भएको कुरा जनताले बुझेका छन् । ऐन कानुनको खिल्ली उडाउँदै प्रहरी अधिकृत तान्ने र सार्ने काम भएका छन् । नेपाल प्रहरीको संगठन संरचना बिगार्ने काम गृहमन्त्रीको तहबाट रविले सफल बनाए । आईजीपी वसन्त कुँवर देशमा नभएको बेला अपराधसँग कुनै सम्झौता नगरी संगठनमा सक्रिय प्रहरी एसएसपी (काठमाडौं परिसर र अपराध अनुसन्धानका समेत) ६ जनालाई रातारात सरुवा गर्न गृहमन्त्री सफल भए । प्रमुख प्रतिपक्षी दलले रविमाथि मात्र कारबाही गर्ने भनेको होइन तर मुल ठग गृहमन्त्री आफैं भए । उनलाई यो सरकार रहँदासम्म कारबाही नहुन सक्छ । तर कानुनी प्रक्रिया अगाडि सार्दा जोगिने ठाउँ भएन । प्रमुख विपक्षीले संसदमा सहकारी ठगिकै मुद्दा उठाएको थियो । रविको बचाउमा सरकारले संसद स्थगित ग¥यो । त्यो संसद वैशाख २८ गते खुल्दैछ । यो अधिवेशन बजेटमा केन्द्रीत हुने छ भने पनि गृहमन्त्री रवि लामिछानेको सहकारी लुटको कानुनी छानविनसँग जोडिने कुरालाई बिर्सन हुन्न । सिद्धान्त, नीति केही नभएको, पार्टीका मुल कार्यक्रम केही नभएको रास्वपालाई एमाले र काँग्रेसबाट दिक्क भएका पढे गुनेका अधवैंशेहरूको साथ रह्यो । उनीहरूको धारणा काँग्रेस र एमाले जस्तै देश लुटेर आफू मस्ती गर्ने चरित्र नेतृत्वमा नरहोस् भन्ने थियो । सञ्चारकर्मी छँदा राजनीतिक दलका नेताको लोभी पापी चरित्रको चर्को टिप्पणी गर्ने रवि लामिछानेको चरित्र श्रीमती बटुल्ने, समाचारमा बार्गेनिङ गर्ने पत्रकार आचारसंहिताको खिल्ली उडाउने, कानुनी शासनको धज्जी उडाएर मस्ती गर्ने थियो । तर विकृतिका विरुद्ध उनको आवाज सबैले स्वीकारेका हुन् । राजनीतिमा त्यो हुँदैन । सडेका, गलेका, विचार र सिद्धान्तमा पतन भएकाहरू एमाले र काँग्रेसमा माओवादी थपियो । त्यहाँ रवि पनि थपिए । अरुले देशको ढुकुटी लुटे, रविले श्रमिक जनताको श्रम र पसिना जम्मा गरिएको सहकारी लुटेका हुन् । लाज नभएका यिनले सरकारले सहकारी दर्ता गरेकाले जनताको पैसा सरकारले तिर्नु पर्ने तर्क गरेर उम्केका छन् । सभापति नै सहकारी ठग भएकाले रास्वपाका उपसभापति, महासचिव पनि सहकारीकै ठगीमा जोडिए । तर रविको जस्तो जहाँ टेक्यो त्यहाँ प्वाल अरुको छैन । प्रहरीले रविको राजनीति धन्नु परेको छ ।
पुरानो रैथाने पार्टी बदनाम हुँदा मौका पाएको सुदूरपश्चिमको सोझा थारु समुदायलाई धरातल बनाएको नागरिक उन्मुक्ति पार्टी पनि पदका लागि सोत्तर भयो । नयाँ अनुहारमा जनमत पार्टीका डा. सीके राउतले सिकाएको मुद्दा उठाएर जनताको विश्वास लिएको छ । त्यो पार्टी पनि मधेशको हकमा सफल छैन । मधेश प्रदेशको सरकारमा जनमतको दाबीले जसपाका उपेन्द्र यादव तहसनहस बनेका छन् । माधव नेपाल र उपेन्द्र प्रचण्ड सरकारबाट हटेको खण्डमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति, मधेशमा जनमतलाई लिएर प्रचण्ड सरकार टिक्ने निश्चित छ । यो सरकार भित्री कुहिएको तत्व रास्वपाका रवि नै हुन् । रविको पद गुम्दा सरकारबाट पार्टी हटनै पर्ने जबर्जस्त मान्यता स्थापित छ । काँग्रेसका अर्थशास्त्री भएर राम्रै कमाई गरेका डा. स्वसिर्णम वाग्लेको राजनीति टिकाउ छैन । यस पटक उपचुनावमा राष्ट्रपति रामचन्द्र पौडेलको विरुद्धको आक्रोशमा स्वर्णिमको विजयी भएको हो । जहाँ वामपन्थी एक हुँदा तनहुँका २ संघीय, ३ प्रदेशमा वामपन्थी सांसदको उपस्थिति थियो ।
रविको पार्टी वाम एकता नहुँदाको खहरे भेल हो । समयले वाम एकतामा माधव काँडो बने पनि एमाले माओवादी मोर्चामा गए पनि कसैको केही लाग्ने छैन । त्यसका लागि आवश्यक बाटो बनाउने काम एमाले अध्यक्ष केपीले थालेका छन् । उनको डिजाइन अनुसार संसदमा एमाले ७९ (एकजना निलम्बित) माओवादी ३२, रास्वपा २१ भएपछि जनमत ६, नागरिक उन्मुक्ति ४ गरी १४१ को स्पष्ट बहुमत पुग्ने आँकलन छ । यी दुईलाई विश्वासमा लिँदा प्रभु शाह, डा. अमरेशकुमार सिंह पनि आफ्ना अपराधमा कारबाही नहुने शर्तमा वामपन्थी मोर्चामा रहनेछन् । त्यसपछिको राजनीति केपी ओलीको योजनामा माधवको पार्टीको व्यापारी र ठेकेदार सांसद तान्ने हुनेछ । माधव जति उफ्रिए पनि उनको पार्टीका सांसदहरू प्रेम आले, धनबहादुर बुढा, किसान श्रेष्ठले नेकपा एकीकृत त्यागेर एमाले वा माओवादी रोज्ने स्थिति आउँछ । उनीहरूको शर्त अहिले मन्त्री, भोलि संसदको टिकटको ग्यारेन्टी बाहेक अरु हुँदैन । मिसन ०८४ मा माधवको सेखी झर्छ वाम एकता नहुँदा उम्रेका क्षेत्रीय दल र राष्ट्रिय सहकारी ठग समूह वाम एकताबाट पत्तासाफ हुनेछ ।