Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इलामको मतगणना सुरु हुँदै

काठमाडौं । इलाम क्षेत्र नं २ मा हिजो सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना बिहान ११ बजे सुरु गर्ने सहमति भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले सो सहमति गरेको हो । मतगणना दुई समूहले गर्ने तयारी रहेको बताइएको छ । यसअघि सबै मतदान केन्द्रबाट मतपेटिका हिजो मध्यरातमा मतगणनास्थल ल्याइ पुर्‍याइएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुको सर्वपक्षीय सहमति भएकोले अब ११ बजेदेखि मतगणनाको काम हुने मुख्य निर्वाचन अधिकृत केशव घिमिरे जानकारी दिनुभएको छ । इलाममा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो । इलाम २ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।


सम्बन्धित समाचार