Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इलाममा सुहाङ अघि बढे, बझाङमा अभिषेकलाई पछ्याउँदै मदनबहादुर

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । सुहाङ खड्काभन्दा २ हजार ६१८ मतले अगाडि छन् । त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए। २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा ९एमाले०का उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। त्यहाँ नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल