Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । इसेवा प्रालि र नागरिक लगानी कोषबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।
सम्झौता पत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र नागरिक लगानी कोषका निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा र कोषबीचको सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ८० लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल