Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ, भदौ २८ गते आफ्रनो नेता छान्ने दिन भएपनि नेपालका ४०हजार इन्जिनियरहरु मध्ये १८५०० ले मात्र निर्बाचनमा सहभागि हुन पाउने भएका छन् । सदस्य नबिकरमा रु ५००० लाग्ने भएपछि बहुमत सदस्यहरु नबिकरण नगरी निर्बाचनको भद्रगोल हेर्न रुचाएका हुन । नेता सबै बन्नु पर्ने एकले अर्काको अस्तित्व स्विकार्न नसक्ने भएपछि सबै दलको प्रतिनिधि बनेर उमेदवारहरु मैदानमा उत्रदै छन् । संस्थागत रुपमा पेशालाई मर्यादित बनाउनु भन्दा दलका निकट बनेर स्वार्थको खेति गर्नेहरुको हुल बढेपछि पुराना सदस्यहरुले नबिकरण नगरेका हुन् । उर्जा,भौतिक पुर्बाधार, सिचाई, सडक, खानेपानी र उध्योगको क्षेत्रमा यो पेशाको बाहुल्यता रहन्छ । तर यही पेशाका अगुवाहरुले दलिय सेवालाई महत्व दिएपछि निर्बाचन प्रतिको रुचि घट्न पुगेको छ । आफ्ना सबै सदस्यहरुलाई बिस्वासमा लिन नसकेको बर्तमान नेत्रृत्वलाई यस पटक सदस्यहरुले ठुलो सबक सिकाएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल