Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उकालो लाग्दै मृत्युको ग्राफ, कोरोनाबाट थप १८ ले ज्यान गुमाए

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको ग्राफ पनि उकालो लागेको छ । नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३५९१५ पुगेको छ भने आज मात्रै ३५५६ मा संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित समाचार