Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उच्च अदालतमा महराको सुनुवाई हुँदै

काठमाडौं । रोशनी शाही प्रकरणबाट काठमाडौं जिल्ला अदालतमार्फत् तोकिएको सजायँविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पुगेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबारबाट सुनुवाई शुरु हुने भएको छ । उनीविरुद्ध लागेका अग्नि खरेल, सुभाष नेम्वाङ, कल्याण श्रेष्ठको समूहले उच्च अदालतका न्यायाधीशहरुलाई परिचालन गरे भने महराको यो प्रयास पनि सफल हुने छैन । महरालाई निर्दोष सावित हुन सांसद पद नै त्याग्नुपर्ने बार्गेनिङ प्रधानमन्त्री केपी शर्मा ओलीकै तहबाट भइरहेको सूत्रले बताएको छ । यो सवालमा बरु राष्ट्रपति विद्या भण्डारीले नरम पन देखाएको बताइन्छ । उनले सभामुख भइसकेको मान्छे सांसदमा थन्किँदा आफै कारबाही भोगिसकेको हुँदा मुद्दा टुंग्याउने सुझाव दिएकी थिइन् ।


सम्बन्धित समाचार