Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उच्च अदालतले माग्यो सक्कल प्रतिवेदन

काठमाडौं । चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका पत्रकार रवि लामिछानेको मुद्दामा सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।
मंगलबार पत्रकार रवि लामिछाने र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो ।
हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको इजलाशले शालिकराम पुडासैनी प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दाको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।
यस्तै, चितवन जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन प्राप्त भएपछि पेशीको सूचना उच्च अदालत पाटको हेटौंडा इजलाशलाई दिइ पेश गर्न पनि आदेशमा भनिएको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका प्रतिवादी लामिछाने र कँडेलको हकमा जिल्ला अदालत चितवनले क्रमश ५ लाख ३ लाख धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न थुनछेक आदेश जारी गरेको थियो ।
उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।