Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उच्च अदालत पाटनमा एनआईसी एशियाको काउन्टर

काठमाडौं। एनआईसी एशिया बैंकको विस्तारित काउन्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा संचालनमा आएको छ। सो काउन्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुक्रबार गरे। कार्यक्रममा सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे।
उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए। अदालतका रजिष्ट्रार बाबुराम दाहालले पनि आफ्नो धारणा राखेका थिए।