Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उडन्ते मन्त्री आलेको आफ्नै दाउ

काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक कम्पनी बायुसेवा निगमलाई ध्वस्त पारेर हिमालय एयरलाई उकास्ने गरी ओली सरकारले नियुक्ति गरेका लुटाहा महाप्रबन्धक डिमप्रसाद पौडेल पर्यटन मन्त्रालयमा छट्पटाई रहेका छन् । यीनै पौडेलका पार्टनर ईश्वरी पौडेल र फूर ग्याल्जे शेर्पा यति समूहका शेयर धनी समेत हुन् । पौडेल आफैं थामसेर्कुका कर्मचारी हुन् । कोरोनाको महामारीमा हिमालयन एयरले २६८ उडान अन्र्तराष्ट्रिय स्तरको ग¥यो । तर निगमका विमान थन्काईयो । यो अपराध हो । सरकारी कम्पनीलाई सरकारले डसेको नयाँ उदाहरण भने यो होइन ।
उडान थप्ने स्वीकृत दिने नागरिक उड्यायन प्राधिकरण हो । तत्कालीन प्रम केपी ओलीकै सचिवालयबाट निगम धरासायी बनाएर माफिया समूहको हिमालयन एयरलाई व्यापार दिलाउने काम स्व. रविन्द्र अधिकारी मन्त्री हँुदैमा शुरु भएको हो । योगेश भट्टराईले त्यसलाई निरन्तरता दिलाएका हुन् । योगेशले भेषराज दाहाल जस्ता चम्बुलाई पुरातत्व विभागबाट अवकास पाउनासाथ नेपाल ट्रष्ट अन्र्तगतको नारायण हिटी संग्रालयको कार्यकारी निर्देशक बनाए पछि उनी बतास समूहलाई बक्सिस दिलाउन फाईल बोकेर निकै कुँदेका थिए । त्यसको फल अहिले खाँदैछन् ।
वायुसेवा निगमदेखि नारायणहिटी संग्राहलय र पशुपति धर्मशालासम्म जोडिएका पात्र हुन् योगेश भट्टराई । जसले जनयुद्द कालमा माओवादीको नाममा व्यापारीहरूसँग पैसा अशुल्ने गरेको रहस्य यतिबेला खुल्दै छ । पर्यटन मन्त्री प्रेम आले पनि आफै निस्कलङ्क होइनन् । उनले पनि बायुसेवा निगमको बिग्रेका इन्जिन मर्मतका नाममा रु ३ अर्ब ५० करोडको कमिशन बापत प्राप्त हुने रु ७० करोड कुम्ल्याउने योजना बनाएका छन् । इन्जिन मर्मतको एमआरओ स्वीकृत हुनासाथ मर्मत गर्ने कम्पनीले कमिशन दिन शुरु गर्दछ । अहिले निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारी छन् । यी पनि निगममा बदनाम हुन् । मन्त्री आलेले माघ ६ गते निगमको बोर्ड बैठक सम्पन्न गराए । तर त्यो बैठकमा यति एयर र हिमालयनका दलालहरू डिमप्रसाद पौडेल, ईश्वरी पौडेल, फुर ग्याल्जेन शेर्पालाई सहभागी गराईएन । यो विषय चर्चामा छ ।
यो टोली निगम ढलाउने धमिरा हो । तर मन्त्री आलेले निगमलाई उकास्ने योजना ल्याएनन् । जापान मलेसिया हङ्कङ्ग निगमको लागि व्यापार बढाउने स्थान हुन् । त्यहाँ उडान थप्नु पर्ने माग छ । माघ ६ को बोर्ड बैठकमा निजि क्षेत्रको प्रतिनिधि किशोर प्रधान अर्थका प्रतिनिधि महेश आचार्य पर्यटन मन्त्रालयका प्रतिनिधि होमनाथ लुइटेल सहभागी भएका थिए । उनीहरूले समेत व्यवसाय बढाउने योजना दिन सकेनन् । वायुसेवा निगमलाई धरायसी बनाउने स्व. गिरिजा कोईराला, चक्र बास्तोला मात्र होइनन् गिरिजापूत्री सुजाता जोष्ट, एमालेका भिम रावल, सुरज वैद्य माओवादीको हिसीला यामी खड्ग विक, हुदै स्व. रविन्द्र अधिकारी योगेश भट्टराई र तत्कालीन प्रधानमन्त्री केपी ओली समेत हुन् । थामसेर्कु कम्पनी यति एयर त केपी ओलीको साथ पाउने कम्पनि हुन् । त्यही कारण तीनले नेपाल ट्रष्ट र राष्ट्रिय निकुञ्जको जग्गा कब्जा गर्न पाएका हुन् ।
ओली शासनमा पर्यटन मन्त्रालय अन्र्तगतको वायुसेवा निगमलाई संस्थागत रूपमा नेपाल ट्रष्ट, नारायणहिटी संग्राहलय, पशुपति धर्मशाला, जनकपुरस्थित राम जानकी धर्मशालाको भाडा काण्डमा डुबाईयो । सरकारको माताहातको धार्मिक संस्थाको सम्पत्ति व्यक्तिलाई भाडा लगाउन पाइने नपाइने कानूनी अवस्था समेत नहेरी कमिशन खान सफल योजनाकारहरूलाई धमाधम उदाङ्गो पार्ने काम भएको छ । तर विभागीय मन्त्रीको मोटो शरीर जस्तै लोभी पापी प्रवृत्तिले लुम्बीनी एयरपोर्ट तिरको रिर्साेट खोल्न अनुमति दिलाउने अवस्था पनि कम रोचक छैन । त्यस्ता विज्ञले रुखले अक्सीजन लिन्छ कार्वनडाईअक्साइड फाल्छ भन्नु कम मजाक थिएन ।