Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उत्तर कोरियामा किमकी बहिनीको चर्चामा

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इन विरामी परेको समाचारहरु बाहिरिएपछि उनकै बहिनी यो जोङ चर्चामा आएकी छन् । सन् २०१८ मा दक्षिण कोरियाको पियोंगचांगमा आयोजित ओलम्पिकको दौरान पहिलो पटक चर्चामा आएकिन् उनी दाई किम विरामी परेपछि किमकै उत्तराधिकारी भन्दै उनको चर्चा सुरु भएको हो। पिता किम जोङ इलकी सबैभन्दा प्यारी छोरीको रुपमा चिनिने उनको बिद्यालय शिक्षा स्विट्जरल्यान्डमा भएको अमेरिकी अखवार वासिङटन पोष्टले जनाएको छ ।
उत्तर कोरिया फर्कनुअघि सन् २००० को शुरुतिरै उनले व्यालेटको प्रशिक्षण पनि लिएको बताइन्छ । पछिल्लो समयमा आणविक हातहतियार विकास कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय तनाव चुलिँदै गइरहेपनि उत्तर कोरियाको ‘इभान्का ट्रम्प’ को उपनाम पाएकी किम यो जोंङले गत महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अफ्नो दाजुबीच विशेष व्यक्तिगत सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।
यो–जोङलाई किमले वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य बनाउँदै निर्णायक अधिकारहरुमा पनि सह्रिक हुने गरी ३ बर्षअघि बढुवा गरेका थिए । सन् १९८७ मा जन्मिएको योङ ६ बर्षअघि पार्टीको वरिष्ठ अधिकारी भएकी थिइन्।


सम्बन्धित समाचार