Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उत्साहित जाहन्वी

चलचित्र धडकले नायिका जाहन्वी कपुरको करिअर आशातित रुपमा अगाडि बढाउन सकेन । उनीसँगै आएकी अर्की नायिका साराअली खानले बलिउडमा धुम मच्चाइरहेको समयमा जाहन्वीलाई भने करिअर कसरी अगाडि लैजाने भन्ने समस्या छ । उनै, जाहन्वी कपुर करण जोहरको नयाँ चलचित्र दोस्ताना २ मा काम गर्दैछिन् । यो चलचित्रको छायांकन सुरु भएको छ । यो चलचित्रमा उनले नायक कार्तिक आर्यनसँग पर्दा शेयर गर्दैछिन् । दोस्तानाको सिरिजको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।
चलचित्रको कामसँगै जाहन्वी सामाजिक संजालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनी, दैनिकजसो सामाजिक संजालमा तस्वीर शेयर गर्न सिपालु छिन् । उनले, हालै मात्र शेयर गरेको केही तस्वीरले सामाजिक संजाल तताएको छ । दोस्ताना २ को पहिलो सेड्यूलको छायांकन सकिएपछि यसको टिम खुशीयाली साट्नमा व्यस्त देखिएको थियो ।


सम्बन्धित समाचार