Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उदयपुरमा प्रिन्सिपले बालिका बलात्कार गरेपक्राउ

उदयपुर । कार्यकक्षमै छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिकामा छात्रा विद्यालयमै बलात्कृत भएकी हुन् ।

बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षिय प्रिन्सिपल युवराज श्रेष्ठलाई १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पीडितको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी हुन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिएसपी केदारमान दोङले जानकारी दिए ।

प्रहरीका अनुसार प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आङ्खनै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएकी थिइन् ।

उजुरी दर्ता भए लगत्तै श्रेष्ठलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल