Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
५ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ । शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले बताए । भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा सारेका थियौं प्रहरी नायब महानिरीक्षक डीआईजी लामाले भने, ‘त्यसैले कर्मचारीचाहिँ सबै सुरक्षित छन् । हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो । ‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल