Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । भदौ ५ मा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन् । उनको नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री शुक्रबार स्वेदश फर्किएका हुन ।