Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपचार नपाएर पूर्वजनमुक्ति सेनाका घाइते कमान्डर सडकमै ज्यान गयो

सुर्खेत । मुलुक परिवर्तनको सपना देखेर जयद्धमा होमिएकाहरुको सपना मात्रै होइन सिंगो जिन्दगी नै भताभुंग हुन थालेको छ ।
जनमुक्ति सेनाको पूर्ण घाइते कमाण्डरको काठमाडौंमा निधन भएको छ । सशस्त्र द्वन्द्वका क्रममा लामो समय जनमुक्ति सेनामा बिताएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंमा निधन भएको हो । उपचारका लागि उनी आफ्नी श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका थिए । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन । सरकार पक्ष र उनी संलग्न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो रहेको छ । उपचारमा कुनै पक्षबाट पनि वास्ता नभएपछि परिवारकै पहलमा उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । तर खर्चको जोहो गर्न नसक्दा उनको सडक पेटीमा नै ज्यान गएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेको केही घण्टामा नै पूर्व लडाकुले उपचार नपाउँदा ज्यान गुमाउनु परेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सेवक तत्कालीन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए । उनले पश्चिम नेपालमा तत्कालीन नेपाल प्रहरी र शाही नेपाली सेनासँग भएका धेरै युद्ध लडेका थिए । उनी तिनै युद्धमा सोही क्रममा घाइते भएका थिए । अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाइ गरिएको थियो ।