Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा थपिए ३९६ संक्रमित, यी हुन् धेरै संक्रमित भएका जिल्ला

काठमाडौं । बोक्लो जनसंख्या भएको राजधानीका कोरोना भुसको आगोझैं फैलिएको छ । तथापि सुरक्षा मापदण्ड र निषेधाज्ञाकाबीचमा कोरोना नियन्त्रण बाहिर जान पाएको छैन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा १०१ महिला र १९९ पुरुषसहित ३०० कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा २६ महिला र ३२ पुरुषसहित ५८ जना थपिँदा ललितपुरमा २१ महिला र १७ पुरुषसहित ३८ संक्रमित थपिएका छन् ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०६ पुगेको छ।
यसैबीच यसैगरी हाल ५०० बढी क्रमित संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही रहेको छ । यस्तै ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमित शून्य रहेको छ ।

यस्तो छ कोरोना संक्रमित जिल्लाहरुको विवरण


सम्बन्धित समाचार