Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा हट्यो जोर विजोर, भाेलिदेखि लागु हुने

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । अब सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि हट्ने भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार असार २२ देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए । ‘उपत्यकाको जोर बिजोर प्रणाली हटाउने, सबै किसिमका परीक्षा २५ जना नबढ्ने गरी भौतिक रुपमा दिन पाइने, सवै किसिमका पसल ६ बजेसम्म खोल्न पाइनेछ’, प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् ।
साथै काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ । लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाएको र जारी निषेधाज्ञा आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ ।


सम्बन्धित समाचार