Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए । सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ । काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल