Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? बसपार्कबाट मात्रै छुट्छ गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुट्ने भएका छन्। काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागू हुन लागेको हो। निर्णय कार्यान्बयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ, महानगरले भनेको छ, धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधानको हकमा कलंकीदेखि जडिबुटीसम्म सवारी साधान रोक्न निषेष गरिएको छ। महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ। सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ।


सम्बन्धित समाचार