Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपप्रधानसहित राजेन्द्र लिङ्देन सरकारमा

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। सरकारले आफ्ना माग सम्बोधन गरेको भन्दै अध्यक्ष लिङ्देन नै सरकारमा सहभागी हुन लागेका हुन् । पार्टीका शीर्ष नेताहरुले पनि लिङ्देनलाई नै सरकारमा नेतृत्व गरेर जान आग्रह गरेपछि उनी त्यसको लागि तयार भएका हुन् । लिङ्देन रक्षा या उर्जा मन्त्रालयको नेतृत्व गर्नेगरि सरकारमा सहभागी हुन लागेका हुन् । यद्धपी सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति हुन बाँकी छ । राप्रपा तीन मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो । राप्रपामा अध्यक्ष लिङ्देनका साथै ध्रुवबहादुर प्रधानलगायत सरकारमा सहभागी हुने चर्चा छ ।