Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपभोक्ताको ढाड सेक्सदै दूधको मूल्य १४ रुपैयाँ बढाइँदै

काठमाडौँ । जहाँ जाउ बिचौलियाकै जगजगी छ । उत्पादन गर्नेले लागत उठाउन मुस्किल छ, बिचकाले करोडौं खाइदिन्छन् । उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा सरकारले एक वर्षमै मूल्य बढाउन गृहकार्य थालेको छ । यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । अन्य सामानको मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा आफूखुसी प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरे पनि अहिले फेरि सरकारसँग मिलोमतो गरेर मूल्य बढाउन चलखेल थालिएको हो । सरकारले किसानको लागत, बजार मूल्य तथा उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रूपमा अध्ययन गर्ने बताए पनि पर्याप्त अध्ययनबिनै मूल्य बढाउन गृहकार्य सुरु भएको हो । ‘राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित अध्ययन समितिले सबै पक्षमा अध्ययन गरेन । उद्योगीहरू आफूअनुकूल मूल्य बढाउन लागिपरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । दूधमा अचाक्ली मूल्य बढाउने खेल भइरहेको उनको भनाइ छ । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न मिल्छ । उद्योगीहरूले दाना, चोकर, परालको मूल्य, ढुवानी खर्च बढेको बताउँदै मूल्य बढाउन दबाब दिएको तिमिल्सिनाले बताए । उद्योगीसामु बोर्डका प्रतिनिधि निरीह बनेको उनको भनाइ छ । स्रोतका अनुसार दूधको मूल्य बढाउन कृषिमन्त्रीदेखि प्रधानमन्त्रीले समेत चासो दिएका छन् । किसानका नाममा बढाउन लागिएको मूल्यले उद्योगीलाई फाइदा हुने र उपभोक्ता मूल्य झन् बढ्ने स्रोतको दाबी छ । ‘दूधको मूल्य बढेसँगै दुग्धपदार्थको पनि सोही अनुपातमा वृद्धि हुन्छ ।