Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी मिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ । पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ । यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ । अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् । लिग चरणमा लगातार ६ खेल जितेर शीर्षस्थानमा फिनिस गर्ने पक्का गरेको सुदूरपश्चिम लिगको अन्तिम खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो । त्यसपछि फेरि पहिलो क्‍वालिफायरमा विराटनगर किङ्सलाई नै पराजित गर्‍यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । लिगको अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमका लागि नेपाली र विदेशी खेलाडी दुवैबाट अपेक्षित प्रदर्शन भइरहेको छ । त्यही कारण सन्तुलित देखिएको सुदूरपश्चिम लिग चरणबाटै उपाधिको दाबेदार टोलीमा रूपमा हेरिएको छ । अर्कोतर्फ लुम्बिनीको लयमा भने उतारचढाव देखिएको थियो । लिग चरणमा सुरुवाती खेल जितेर त्यसपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिमका तीन खेल फेरि जितेर प्लेअफमा स्थान बनाएको थियो । कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले शानदार पुनरागमन गर्दै इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले अनि २४ घण्टाभित्रै भएको दोस्रो क्‍वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो । लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ । मध्यक्रमको ब्याटिङमा अझै सुधारको अपेक्षा राख्न सकिन्छ । यस्तो भएमा लुम्बिनीको ब्याटिङ अझ बलियो देखिनेछ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल