Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारी कार्यालहरुमा हुने भ्रष्टाचारका फेहरिस्ता यतिखेर सार्वजनिक हुनेक्रम बढिरहेको छ । आफू नभएपछि सबैतिर भताभुंग बनाउने राजनीतिक प्रवृत्ति त्यस्ता ठाउँहरुमा पनि भइरहेका छन् । प्रोजेक्ट उपत्यका खानेपानी लिमिटेडको तर आधिकारीक कर्मचारीहरु नेपाल सरकारका हुँदा बदनाम गर्ने ठाउँ उनीहरुले पाउने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हो काठमाडौं उपत्यका खानेपानी लिमिटेड र त्यो अन्तर्गतको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयभित्रको ब्रम्हलुट । अहिले त्यहाँ परियोजना प्रमुख सरुवा भैसकेपछि पनि खानेपानी बिभाग र पिआईडिका भ्रष्टहरुको खुराफातिमा उनीहरु तल्लिन छन् जो आफु बसेको ठाउँमा गिरोह नै खडा गरेर आफु नजिकका चाकरीदार कर्मचारी मात्र कार्यालयमा भरिभराउ गर्न सक्रिय थिए । संकटमा परेका यिनिहरु अचानक सरुवा भएपछि रन्थनिएरका छन् । तिनले सचिब र मन्त्रीको बिरुद्द मिडियाबाजी गराएर कुप्रचार गर्ने अभियान चलाए पनि तिनको सरुवा पुनः थमौती हुने अवस्थामा छैन । पिआईडिमा बसेर एउटा गिरोह खडा गरि त्यसबाटै नियम बिपरित अनेक कामकाज गराएका लक्ष्मि उपाध्याय सबभन्दा बढी मर्माहत भएका छन् । उनि आफ्ना बिरोधीहरुलाई तह लगाएरै छोडने मात्रै योजनामा छैनन्, मन्त्रालयका सचिबलाई समेत अख्तियार लगाएर ठिक पार्ने धम्की दिइरहेका छन् । उनले यो धम्की दिनुको कारण आफू पहिला त्यही अख्तियारमा बसेर पिआईडीमा आएको नाताले हो ।
पिआईडिमा हुँदा एउटा गिरोह खडा गरि अख्तियारको धाक धम्कि दिएर आफुलाई मन नपर्ने कर्मचारीहरुलाई तह लगाउन अनेक तिकडम गरेका उपाध्याय केयुकेएलबाट काजमा आएका कर्मचारीहरुलाई छानी छानी सरुवा गराउन दवाब दिने हाकिममा पर्दछन् । उनको गुटसँग मिल्ने कर्मचारीहरुलाई ल्याउन अनेक सड्यन्त्र गर्दागर्दै सरुवामा परेपछि रन्थनिनु नौलो होइन । नियम कानुनले नमिल्ने आर्थिक प्रसासनिक र प्राबिधिक काम गरेर करोडौ असुलेका उनले आफ्नो कोटरीका गिरोहको खाजा नास्ता बेलुकाको दारुपानी समेत अफिस कै खर्चमा गर्ने गरेका थिए । त्यही कारण मेलम्ची खानेपानी आयोजनाको बजेट हरेक वर्ष बढ्ने गरेको हो । पछिल्लो समय मेलम्ची आफैं पनि विवादमा परेको परियोजना हो भने नेपाल सरकारका उच्चस्तरका कर्मचारीहरु नै ऐन कानुन विपरित परियोजनाको रकम दुरुपयोग गर्न तल्लिन भएको कुरा लक्ष्मी उपाध्यायको हर्कतले छर्लङ्ग बनाउँछ । केयुकेएलअन्तर्गतका कर्मचारीहरुले नियम विपरित निर्णयहरु गर्न नमान्दाकै कारण बारम्बार निजामती कर्मचारीहरुको बाहुल्य रहेको पिआईडीबाट पीडित हुनु परेका थुप्रै उदाहरणहरु छन् । चाकडीबाजहरुलाई राखेर आफ्नो स्वार्थ सिद्धि गर्ने लक्ष्मी उपाध्याय जस्ता भ्रष्टहरुलाई बहुप्रतिक्षित परियोजनाको जिम्मा दिनु नै खानेपानी मन्त्रालयको कमजोरी हो । उनले सहयोग गरेर आयोजनाको उपनिर्देशक पदमा विकेश बथान थाछेको तीन पटक सरुवा भइसक्दा पनि रोकेर राख्ने गरेका थिए । यसको कारण उनको खञ्चुवा प्रवृत्तिलाई बथान थाछेले ढंग पु¥याएर कागजात मिलाउनु हो । केयुकेएलका सिइओ आफैं पनि असक्षम भएका कारण लक्ष्मी उपाध्याय जस्ता चोट्टाहरुबाट परिचालित छन् । उनले आफ्नो अधिनमा रहेको खानेपानी परियोजनालाई नियन्त्रण गर्ने कुरा त परै जाओस् त्यही परियोजनाका भ्रष्टहरुको पछि लागेर केयुकेएलका कर्मचारीहरुका विरुद्ध अभियान चलाइरहेका छन् । उनका विरुद्ध केयुकेएलमा लामो समयसम्म आन्दोलन भयो त्यो आन्दोलनको समयमा आफ्नो पद जोगाउन सिइओ गोपाल पौडेलले कर्मचारीहरुसँग गरेको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन । जेनसुकै संस्थामा पनि सक्षम प्राविधिकहरुको प्रवेश भएको अवस्थामा उनीहरुबाट गरिने कामका बारेमा आलोचना कम हुन्छ तर प्राविधिक विनाका अनुहारहरुबाट केकुकेएल सञ्चालन गर्न दिने निर्णय नै तत्कालिन अवस्थामा गलत थियो, त्यसको प्रतिफल अहिले मेलम्ची खानेपानी आयोजना उपनिर्देशनालयले व्यहोरीरहेको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल