Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपाय लागेन झुके डा.शेखर !

काठमाण्डौ । कम्युनिष्ट र काँग्रेस फरक विचारका हुन् । तुर मुद्दा मिल्दा एक ठाँउमा रहन्छन् । यस पटक नेकपा तीन समूह माओवादी, समाजवादी र मसाल काँग्रेसको मोर्चामा छन् । जसपा पनि यही मिलेको छ । संविधानको रक्षा, गणतन्त्र संघियताको सूरक्षा संसद भंग गराउने अदालती सेटिङ्गसम्मको योजना विरुद्ध एक भएको सत्ता गठबन्धन विरुद्ध एक्लो बुहस्पति बनेको नेकपा एमालेको केपि ओली प्रवृत्तिका विरुद्ध नेपाली काँग्रेस समेत गठबन्धनको पक्षमा एक जुट भएको छ । काँग्रेसभित्र डा.शेखर कोइरालाको टीमले गठबन्धन गर्न हुन्न, काँग्रेसको स्पष्ट नीति कम्युनिष्टसँग मिल्दैन भनेको थियो डा.शेखरलाई उनकै पक्षका लुम्बीनी प्रदेश सभापति अमरसिंह पूनको भनाइलाई स्पष्ट बनायो र उनी औचित्यका आधारमा गठबन्धन गर्ने पक्षमा पुगेका छन् ।

विधिको शासनमाथि गुटगत हैकम चलाएर कम्युनिष्टको नाउमा एकल अहंकारवादमा रमाउदै राष्ट्रपतिलाई हात लिएर मनपरी गरेका केपि ओलीको प्रवृत्ति विरुद्ध एक ठाउमा आएको सत्ता गठबन्धन विरुद्ध एमाले आक्रमक बनेको छ । एमाले कार्यकर्ता राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि विवादमा तानिएका छन् । ऐन कानून काँग्रेस र एमालेलाई लाग्दैन । यी दुवै दल नेपालका बादशाहा हुन् । यी दलका नेता न्यायधिस बन्न मिल्छ । उनीहरुलाई कानूनले छुदैँन ।

तीनीहरु नै मानव अधिकार कर्मी बन्न पर्छ, कुनै पनि ठाँउमा यी दलका नेताले राजनीतिक नियुक्ति लिदा दलीय आवद्दता त्याग्नु पर्दैन । तर अन्यदल निकट रहेका पेशागत व्यवसायीले संगठनको आवद्दता पनि त्याग्नु पर्दछ । डा.शेखर कोइरालाले यो सबै बुझेका छन् । तर उनलाई अरु चासो छैन केबल काँग्रेसले प्रतिस्पर्धी कम्युनिष्टहरुसँग गठबन्धन गर्न हुन्न भन्ने मात्र हो । डा.शेखर गठबन्धन बिना आफैपनि मोरङ्गबाट चुनाव जित्न कठिन छ । उनकै हेलचक्राइले काँग्रेसको प्रदेश १ को सभापति पदका उम्मेद्वार गुरुराज घिमिरे कोइराला समूहबाट पार्टीमा निर्वाचीत हुन सकेनन् ।

एउटा समूहको नेताले आफ्नो टीमका बलबहादुर केसी, डा.शशाङ्क कोइराला, सुजता कोइराला, महेश आचार्यलाई प्रदेशको पार्टी नेतृत्व चयनको अवस्थामा उपस्थित गराउन चासो नराख्दा आफ्नै टीमका नेता सभापति बन्न नपाएको यथार्थ कति बुझे ? संस्थापन पक्षले संसदीय निर्वाचनका दुवै चरणमा गठबन्धन गरेर नजाने हो भने निर्वाचनमा काँग्रेसले सफलता प्राप्त गर्न सक्दैन भन्ने बुझेको छ । पार्टी सत्तामा छ । तर जनताको हितमा देउवा सरकारले सिन्को भाँचेको छैन । बजार महंगी र अभावले जनताको जीवन स्तर उकास्ने काम गरेको छैन । भ्रष्टाचार अत्याधिक बढेको छ । सरकार महंगी बढाउन सकृय छ । यो सरकारमा पनि ओली सरकारको चरित्र यथावत छ । कम्युनिष्टहरु भ्रष्टाचार गर्ने काँग्रेसका साथी भएका छन् ।