Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्र यादवद्वारा क्याविनेट बहिष्कार

काठमाडौँ । प्रचण्ड सरकारको स्थायित्वका लागि आफू शिकार भएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यादव विदेश हुँदैमा उनी नेतृत्वको जसपा नेपाल विभाजित भएको थियो । आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो । यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित हुँदा यसमा सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएको छ । यस्तैमा यादव आजको मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित बनेका हुन् । यादव बैठक छाडेर पार्टी कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको एक नेताले बताए ।


सम्बन्धित समाचार