Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्र यादव गम्भीर छलफलमा

काठमाडौँ । समाजवादी पार्टीले सरकारमा रहिरने वा बाहिरिने भन्ने सवालमा अनौपचारिक रुपमा आन्तरिक छलफल थालेको छ । उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरिएको तथा सोही पार्टीबाट तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका डा। सुरेन्द्र यादवलाई अस्पतालको शैयामा रहेको समय सरकारबाट हटाइएको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै सरकारमा समाजवादी पार्टीको कोटासमेत घटाएका थिए । यसअघि दुई मन्त्री र एक राज्यमन्त्री पाएको समाजवादी पार्टीबाट हाल सरकारमा दुई जना मन्त्री छन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी बोकेका उपप्रधानमन्त्री यादवलाई हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो पार्टीबाट सरकारमा सहभागी मोहम्मद इस्तियाक राईलाई यथावत जिम्मेवारीमा राखिएको छ भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका सुरेन्द्र यादवलाई हटाइएको हो ।
पदाधिकारी बैठक नबस्दै मन्त्रिपरिषद पुनर्गठन भई सरकारमा सहभागी आफ्ना तीन सदस्यमध्ये एकलाई फिर्ता गरिएको र पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवको जिम्मेवारी हेरफेर भएपछि भने सरकारमा सहभागिताको विषयमा तत्काल निर्णय गर्नुपर्ने बाध्यता आएको छ ।