Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तन्त्र जे सुकै होस व्यवस्थाको नाम जे राखेपनि पार्टी र त्यसको नेतृत्वले चासो दिदैन भने उपलव्धी हुन्न । देखेको भन्ने गल्ती गर्ने माथि खवरदारी गर्ने संसद र सडकको आवाजलाई सरकारले सम्वोधन गर्ने व्यवस्था लोकतन्त्र हो । तर नेपालमा निरंकुश भनिएको पञ्चायत भन्दा अपराधी प्रजातन्त्रमा बढे देशलाई ऋण बढाउने बजारमा कालो रुप प्रदर्शन गर्ने माफीयातन्त्रलाई बढवा दिने जनतामाथि दमन गर्ने लोकतन्त्रको विरुद्ध पनि आवाज उठ्यो । परिवर्तनको संवाहक जनता हो । आन्दोलनमा राज्य दमन जनताले सहन्छ । पार्टीमा जो भ्रष्ट र गुटप्रेमी छ उसैले शासन गर्ने मौका पाउँछ ।
एमाले बोल्नमा माहिर छ । उसले ४१ महिनासम्म शासन ग¥यो । काम उसको जनताप्रति उदार भएन, एमाले ओली गुटको जयजयकार धेरै गर्छ । तर देशको अस्मितामाथि प्रहार गर्न ऊ सफल हुन्छ । राष्ट्रघाती महाकाली सन्धि उसैले गरायो, भारतले फाइदा लिएकै छ । चुच्चे नक्सा अंकीत पुस्तक छपाएर मन्त्रालयमै थुपार्ने काम कस्तो राष्ट्रवाद रहेछ । एमालेकै अध्यक्षले नजर लगाएर वाइडवाडीको ३५ अर्व, थामसेर्कू, हुकाम, यति, ओम्नी, बतास, दूगड समूहका हितमा काम गर्दा नेपालको राजस्व कहाँ कति घाटा बनायो बोल्दैन् । देशका नागरिक नक्कली शरणार्थी बनाएर विदेश पठाउने धन्दाको ग्याण्ड डिजाइनर को थियो ? बोल्ने ठाउँ छ केपी ओलीको ? तर उनी चोखा छन् । जनताको सर्वोपरी हित लोकतन्त्रको लक्ष हुनुपर्छ । तर नेपालका नेतामा त्यो भएन् । कमिशन आउने कामका लागि कानून वदल्ने, आफ्नो स्वार्थमा निणर्य गर्ने काम धेरै भएका छन् । यहाँ चोखो निष्ठावान त्यागको भावना भएको नेता भएन् । जनतालाई दोष छैन् । सत्ता जसले चलायो बदमास त्यही भयो । मुलुकको इज्जतमा दाग लाग्ने गरी काम भएका छन् । त्यहाँ जसले धेरै अपराध गर्छ कुण्ठा र इष्र्या उसमै देखिन्छ । पार्टी सिद्धान्त पानामा लिपीबद्ध गर्दैमा लागू हुदैन् । देशले देखाएको बाटो कता छ । को हो देशको रक्षक कता छन भक्षक जनताले चिन्छन् । तर हप्की दप्की तीनकै चर्का हुन्छन् । कार्यकर्तालाई दाश बनाएर जनता हनुमान बनेर सधैं पूरानाको जयजय गर्ने जमाना गएका छन् । तर नेतामा सद्बुद्धि आउँदैन ?
ठूला दलको विरुद्धको आक्रोश देशभर छ । त्यसको प्रमाण मधेसमा जनमत पार्टी, सुदर पश्चिममा उन्मुक्ति, शहरी क्षेत्र र विकसीत ठाँउमा रास्वपाले ठाँउ लिदै छन् । दलत पूराना काँग्रेस कम्युनिष्ट मधेसवादी (जसपा, लोसपा) जस्ता छन् । पश्चागामी शक्ति राप्रपा पनि छ । धर्म र राजाको नाममा राप्रपा खडा छ । त्यसले लिएका नीतिलाई प्रतिवाद गर्ने कि अँगालो हालेर आफ्नै कारण ध्वस्त बन्दै गएको कम्युनिष्टको खिसीटिउरी गर्ने हो । पूरानै कामको व्याज सधै खान सकिदैन् । त्यस्तो मौका बारम्वार आउदैन अनेत्र भए । तर त्यो नेपाल हो । त्यस्तै हेपाह चिन्तन र गलत नजिर बस्दा कुनै पनि कामको ख्याल गरिँदैन योजना बनाईन्छ कार्यन्वयन गरिदैन । घोषणा गरिन्छ बजेट हुँदैन नाम प्रचार गर्न शिलालेख टाँसिन्छ काम सम्पन्न हुँदैन । बोलेका कुरामा ख्याल गरिन्न नेतामा आफूनै सर्वेसर्वा, सर्वविज्ञ भन्ने दम्व देखिन्छ । व्यवस्थाले गणतन्त्र संघियता समावेशीताले सम्मुनत समाज खोज्छ । नेताको व्यवहार गुटवीन्दी र पूर्वाग्रही हुन्छ भने गणतन्त्रमा तानाशाही करण भयो भन्दा रिसाउनु पर्दैन । नेपालको परिवेश यसरी ध्वस्त बनाउने काम कम्युनिष्टका नाममा भएको छ । यहाँ अहिले पनि कम्युनिष्ट प्रधानमन्त्री छन् । समाजवादी मोर्चामा माओवादी, एकिकृत समाजवादी, जसपा हर्ताकर्ता हुन् ।
यस्तो मोर्चा बन्दा रिशाउन कसैले हँुदैन् । छरिएका विचार मिल्ने, योजना र कार्यक्रम मिल्नेबीचको मोर्चालाई एमाले जस्तो शक्तिले किन सराप्नु प¥यो । त्यसले गल्ती सच्याए हुन्छ । वामदेव गौतमको बोली र व्यवहार विस्वास योग्य छैन् । उनी पदका लागि जसरी पनि ठूलो भिड चाहन्छन् । बोल्न सक्छन् खटन सक्छन् जनताले त तीनलाई चिनेकै छन् । उनी पदमा छँदा नेपाल प्रहरीलाई छिन्न भिन्न बनाएकै हुन् । उनका विस्वास प्राप्तहरूले प्रहरीभित्र सरुवा बढुवा आतंक चलाएकै हुन् । मैले राम्रो गरे अरुले गर्न सकेनन भन्ने ठाउँ यीनको पनि छैन् । त्यसैले एमाले भित्र उमेर हद निलम्वन गर्दा धेरै खुशी तीनै भएका छन जसको महत्वाकाँक्षा ठूलो छ । नेपालमा कम्युनिष्ट पार्टी धेरै छन् । तीनले कम्युनिष्ट भइ दिनु प¥यो । काँग्रेस काँग्रेस जस्तो छैन् । मधेसवादीको मुद्दा केवल नागरिकतामा मात्र पर्न भएन् । नयाँ शक्तिका अगाडि पूरानाले आफ्नै अनुहारमा कालो पोत्ने काम हुनु भएन् । किसानका कुरा सवैका हुन्छन मजदूरी र बेरोजगारी सवैको एजेण्डा हुन्छन । तर सत्तामा गयो जो जस्तो हुनुपर्ने हो त्यो भइ दिदैनन् । यो समस्या ऐजेरु बनेर बस्यो । नाम सिद्धान्त दर्शन जे सुकै होस काम प्रगतिशील हुनुप¥यो । जनताको पिडा सम्वोधन गर्ने सरकार बन्नुप¥यो । त्यस्तो सरकारले जनता राष्ट्र र समाजका तत्कालिन, मध्यकालिन, दीर्घकालिन समस्यालाई केन्द्रमा राखेर शासन गर्नुप¥यो ।
शासक त केपी पनि थिए । उनले आफ्नै चुनाव घोषणापत्रका कुरा तर्फ कति ध्यान दिए ? उनको पालामा पित्तल सुन भएन । देउवा आए उनले भुटानी शरणार्थीको बाँकी रहेका काम गर्दा गर्दै पद त्याग्नु प¥यो । पिडाले मान्छे भौतारिन थाले । प्रहरीले गृह प्रशासनको दवाव त्यागेन अहिले कानून सम्वत ढंगले प्रहरी चल्दै गर्दा सवैको भ्वाङ देखियो । देशले लोकतन्त्र गणतन्त्र समावेशीता भित्रको अराजकता र अभाव सहेको छ । राजनीति दलको ध्यान भने भ्रष्टाचार लुट र अपराधमै ठूलो छ । सबैदलको राष्ट्रिय सम्पत्ति बनेको वेथिति र वेरोजगारीमा कोही पनि रमाउने ठाँउ छैन् । समय एकनास हुदैन । सधै कसैको स्वार्थ केन्द्रीत एजेण्डा टिक्दैन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल