Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र उम्मेदवार छनोटको विषयमा छलफल भएको छ । गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा। शेखर कोइराला समूहबाट डा मिनेन्द्र रिजाल सहभागी थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिएसँगै टिकट वितरणको विषयलाई लिएर तीनवटै समूहका नेताहरूबीच छलफल भएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन रहेको छ । मनोनयनका लागि अब एक दिनमात्र बाँकी रहेकाले आन्तरिक कलहलाई थाती राखेर नेताहरु प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनका लागि जुटेका हुन् । बैठक आज पनि बस्ने बताइएको छ । तीन समूह मिलेर सम्भावित उम्मेदवारको नामावली संकलन पछि संसदीय बोर्डले नामहरुको टुंगो लगाउने छ । कांग्रेसले उम्मेदवार छनोट गर्न सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरिसकेको छ । गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा भएको पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि कांग्रेसको विवाद उत्कर्षमा छ । थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अधिकारिकता दिएपछि देउवा समूह उक्त निर्णय बदरको माग गर्दै आइतबार सर्वोच्च अदालत गएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल