Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उम्मेदवार छान्न देउवालाई सकस

काठमाडौं । नेपाली काँग्रेसले महानगरपालिका र महानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार अझै चयन गर्न सकेको छैन । आज पनि उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो तर निर्णय भएन । बैठकले सभापति शेरबहादुर देउवालाई उम्मेदवार टुंगो लगाउन जिम्मेवारी दिएको छ । महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि सहमति नहुँदा देउवाले नै जिम्मेवारी पाएका छन् । काठमाडौं महानगरपालिकामा सृजना सिंहको नाममा सहमति बनिसकेको छ । ललितपुरमा चिरिबाबु महर्जन र चन्द्र महर्जनमध्येबाट उम्मेदवार बन्नेछन् । विराटनगरमा भीम पराजुली, अमृत अर्याल र डा. डिला संग्रौलामध्येबाट उम्मेदवार छनोट हुने बुझिएको छ । ११ उपमहानगरपालिकामध्ये काँग्रेसले ७ वटामा मेयर र बाँकीमा उपमेयरको उम्मेदवार टुंगो लगाउने छ ।