Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुग्दैछन्। पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन्। बिहान १०ः३० बजेको नियमित उडानबाट सिमरा विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सिमरा ओर्लिएपश्चात उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन्। आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि र जनताका गुनासा सुन्ने कार्यक्रम तय गरिएको छ। निर्वाचन क्षेत्रका मतदातासँग संवाद गर्ने र पार्टी सांगठनिक काम पनि गर्ने गरी सर्लाही जान लाग्नु भएको हो, थापाको सचिवालयका एक सदस्यले जानकारी दिए। फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उनी सर्लाही ४ बाट उम्मेदवार बनेका छन्। उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जान लागेका हुन्। माघ ६ गते वारेसमार्फत उम्मेदवार दर्ता गराएका थापा पहिलो पटक चुनावी क्षेत्रमा जान लागेका छन्। कांग्रेसको केन्द्रीय समिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल