Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उम्मेद्वारको अन्तिम नामावली आजै

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली आजै प्रकाशन गर्ने भएको छ । निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा कतै उजुरी नपरेकाले हिजो शनिबार उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो । आज अन्तिम अवस्थासम्म उजुरी नपरे आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले शुक्रवार उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा गरी ४ स्थानमा हुने निर्वाचनमा ६५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।