Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उहाँहरुलाई अझै तीन दिन हिरासतकै बास

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको पूरै जालो च्यात्ने प्रयास सफल हुने छाँटकाट देखिएको छैन । ठूला माछा खोज्ने प्रयासमा रहेको प्रहरीले तथ्य प्रमाण जुटाउन नसक्दा आशंकित व्यक्तिलाई पक्राउ गर्ने अवस्था आएको छैन । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकृत दीपक दाहालले बताए । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पा, विचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, सन्दीप रायमाझी, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन् । यसअघि प्रहरीलाई अदालतले आइतबारसम्म मात्रै थुनामा राख्ने अनुमति दिएको थियो ।