Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा बुधबारदेखि सुरु हुन लागेको डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि पुगेका मन्त्री खड्काले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए । एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ, उनले भने । मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने पनि जिकिर गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा पनि उनले जवाफ दिए । कुलमानले समयमै कार्यसम्पादन प्रतिवेदन नबुझाएपछि शून्य अंक दिइएको उनको जिकिर थियो । विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो, उनले भने, समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अङ्क प्राप्त गर्न नसक्नुभएको हो । यसैबीच बुधबार प्रतिनिधिसभाको बैठकमा कपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्देशक घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् । घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् । पाण्डेले भने, जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ। निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।
२०८१ चैत्र २५
ताजा नेपाल
२०८१ चैत्र २५
ताजा नेपाल
२०८१ चैत्र २५
ताजा नेपाल