Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाकोको सपथ ग्रहण स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले आज विहान दश बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्री गर्बुजाको सपथ ग्रहण कार्यक्रम स्थगित भएको जानकारी दिए। संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले समय अभावका कारण मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित भएको जानकारी दिए। अस्ति बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको हुनाले र समय अभावले आजको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित भएको हो, मन्त्री गुरुङले भने। बिहीबार ऊर्जाराज्य मन्त्रीका नियुक्ति सरकारले गरेको थियो। उनको आज १० बजे शपथ ग्रहण गर्ने तय भएको थियो।
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ६
ताजा नेपाल